नेकपा एसका पदाधिकारी: रामकुमारी पराजित, मेटमणिको ‘सर्वाधिक’ मत

Break n Links
Break n Links

नेकपा एकीकृत समाजवादीमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा चर्चित नेतृ रामकुमारी झाँक्री पराजित भएकी छिन् भने नेता मेटमणि चौधरी लोकप्रिय मतका साथ बिजयी भएका छन्। 

झाक्रीले महिला उपाध्यक्षका लागि उम्मेदवारी दिएकी थिइन्। उनलाई पराजित गर्दै नेकपा एकीकृतकी जयन्ती राई महिला उपाध्यक्ष भएकी छिन्। उपमहासचिवका लागि मेटमणि चौधरीले पाएको १५८ मत अरु प्रतिस्पर्धीभन्दा धेरै हो। यो पदमा रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह पनि निर्वाचित भएका छन्। उपमहासचिवको चार पदमा १ढ जनाले प्रतिष्पर्धा गरेका थिए। 

त्यस्तै दलित कोटाबाट सचिवमा गणेशबहादुर विश्वकर्मा, जनजातिबाट बलदेव चौधरी र खुला सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, चन्द्रबहादुर शाही, सावित्राकुमारी भुसाल तथा श्रीनाथ बराल निर्वाचित भएका छन्। 

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु:
अध्यक्ष: 
१.माधवकुमार नेपाल

सम्मानित नेता: 
२. झलनाथ खनाल

वरिष्ठ उपाध्यक्ष: 
३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)

उपाध्यक्षहरु 
४. जयन्ती राइ (पूर्वउपाध्यक्ष)
५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष)
६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव)
७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव)
८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव)
९. भानुभक्त जोशी 

महासचिव: 
१०. घनश्याम भुसाल

उपमहासचिव  
११.  गरिमा शाह (निवर्तमान सचिव)
१२.  राजेन्द्र राई (निवर्तमान सचिव)
१३.  मेटमणि चौधरी 
१४.  रामकुमार भट्टराई 

समावेशी सचिव      
१५. क. बलदेव चौधरी 
१६. क. गणेश विक 

खुला सचिव
१७.  शेरबहादुर कुँवर 
१८. चन्द्र बहादुर शाही 
१८. सोम प्रसाद पाण्डे 
१९. सावित्री भुसाल 
२०. श्रीनाथ बराल

प्रकाशित मिति: : 2024-08-28 07:58:00

प्रतिकृया दिनुहोस्