नेप्सेमा भारी गिरावट, १८ अर्बको कारोबार

नेप्सेमा आज भारी गिरावट आएको छ। मंगलबार नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० विन्दुमा पुगेको छ।

मंगलबार ३३० कम्पनीको कूल ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन्।

त्यस्तै आज तारागाउँ रिजेन्सी होटल र डोल्टी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज नेपाल फाइनान्स लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख ९ हजार ५८२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको सबैभन्दा बढी १४ लाख ५९ हजार ४५० कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-08-27 15:17:00

प्रतिकृया दिनुहोस्