ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउँदै

Break n Links
Break n Links

ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी सोमबार काठमाडौं आउन लागेका हुन्।

दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

विदेशमन्त्री अलबुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

विदेशमन्त्री अलबुसैदी मंगलबार फर्किने तालिका रहेको छ।

प्रकाशित मिति: : 2024-08-25 17:19:00

प्रतिकृया दिनुहोस्