सुनकाे मूल्यमा गिरावट, ताेलामा कति?

Break n Links
Break n Links

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो।  यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।  
बिहीबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रूपैयाँमा कारोवार भैइरहेको छ।

प्रकाशित मिति: : 2024-08-23 11:20:00

प्रतिकृया दिनुहोस्