अब चल्ने भाे टिकटक, सरकारका चार शर्त

Break n Links
Break n Links

सरकारले टिकटकमाथिकाे प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटककाो कम्पनीलाई तीन महिनाभित्र सरकारका शर्तहरू पूरा गर्न पनि निर्देशन दिएको छ। 

‘पर्यटन प्रवर्द्धनमा सहयाेग गर्नुपर्ने। टिकटकले डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनेपर्ने, सार्वजनिक शिक्षाकाे गुणस्तर र प्रविधियुक्त गराउन सहयाेग र मातृभाषाकाे प्रवर्द्धनमा सहयाेग पुर्‍याउनेलगायतका शर्तहरू सरकारले कम्पनीलाई दिएकाे छ’ बैठकका निर्णयहरूबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भने। 

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकले सामाजिक सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने तयारी सुरु गरिएकाे हाे। केही वर्षमै विश्वभरि कराेडौं प्रयाेगकर्ताहरू पाएकाे टिकटक एउटा भिडियो सेयरिङ प्ल्याटफर्म हाे। 

टिकटकमाथि प्रतिबन्ध: भ्रम र यथार्थ

प्रकाशित मिति: : 2024-08-22 19:55:00

प्रतिकृया दिनुहोस्