साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ।

आज आइतबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ। 

अब नेपालले समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ। 
 

प्रकाशित मिति: : 2024-08-18 17:16:00

प्रतिकृया दिनुहोस्