शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ। अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको  छ।  त्यस्तै,  युरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा रहेको छ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ३४ पैसा र बिक्री दर १७३ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-16 06:55:00

प्रतिकृया दिनुहोस्