प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी द्वन्द्वका समयमा पीडित भएकाहरूले छोटो समयमा नै न्याय पाउने गरी सरकारले काम गर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बाेधन गर्दै उनले टिआरसी विधेयक संसदबाट पास गरेसँगै काम तीव्ररुपमा अगाडि बढ्ने बताए।
बुधबारको बैठकमा टिआरसी विध्यक पास गर्ने तयारी गरिएको छ। ‘संसदले विधेयक आज पास गर्ला। त्यसपछि आयोग बन्नेछ र आयोगले पीडितले छिटो यो आफ्नो काम टुंग्याउने छ’, उनले भने।