प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज तोकिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा प्रधानमन्त्री नियुक्तिविरुद्धकाे रिटको पेशी तोकिएको हाे।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश श्रेष्ठसँगै न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मी रहेका छन्।
प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटकाे पहिलो सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले साे मुद्दा संवैधानिक इजलासमा पठाएको थियो।
अधिवक्ताहरूकाे रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ।
नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए।