कति पुग्याे सुनचाँदीको मूल्य ?

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

बिहीबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला १२ रुपैयाँ घटेर १६ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-08 12:19:00

प्रतिकृया दिनुहोस्