घट्याे सुनचाँदीको मूल्य

Break n Links
Break n Links

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-07 11:14:00

प्रतिकृया दिनुहोस्