वर्षापछि काठमाडौँ अस्तव्यस्त (फाेटाे फिचर)

Break n Links
Break n Links

सोमबार रातिदेखि परेकाे अविरल वर्षाले काठमाडौँ उपत्यका अस्तव्यस्त बनेकाे छ।

खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा बस्तीमा बाढी पसेपछि जनजीवन अस्तव्यस्त भएकाे हाे।

सडकहरूसमेत जलमग्न भएपछि सवारी आवागमन प्रभावित भएको छ। ठाउँ-ठाउँमा सडकमै पानी जमेका कारण पैदल यात्रामा पनि कठिनाइ भएकाे छ।​

बागमती नदी किनार आसपासका बस्तीहरू प्रभावित भएका छन्। साथै नदी किनारका पार्कहरूसमेत डुबेकाे छ।

यता, ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय र अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान पनि डुबानमा परेको छ।

प्रकाशित मिति: : 2024-08-06 16:03:00

प्रतिकृया दिनुहोस्