नेप्सेमा भारी गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ। मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो।

आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ।

आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनिको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: : 2024-08-06 15:36:00

प्रतिकृया दिनुहोस्