कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन्।
सोमबार प्रदेश सभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा उनलाई २३ जनाले मतदान गरे। बहुमतका लागि २१ मत आवश्यक पर्छ।
विपक्षीमा १४ मत परेको थियो। कँडेललाई माओवादीका १३ र एकीकृत समाजवादीका १ जनाले मतदान गरेनन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा एमालेका १० र नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन्।
यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन्।
यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए।