महोत्तरीमा विद्युत प्राधिकरणले जथाभावी लाइन काटेकाे भन्दै प्राधिकरणविरुद्ध आन्दाेलन भएकाे छ।
प्राधिकरणले पटक-पटक लाइन काट्ने र लाइन दिएपनि कम भाेल्टेजकाे दिने गरेकाे भन्दै व्यवसायीहरुले शुक्रबार पूर्व-पश्चिम राजमार्ग एक घण्टा चक्काजाम गरेका थिए।
विद्युत प्राधिकरणले नियतवस लाइन अबरुद्ध गर्ने गरेकाेले प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए। व्यापारीहरुले शनिबार यो विषयमा उद्याेग वाणिज्य संघ बर्दिवाससँग पनि छलफल गर्ने भएका छन। छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले बताए।
व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउँदै उद्याेग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले समस्या सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिबद्वता जनाए।
विद्युत प्राधिकरण औरही प्रसारण कार्यालयका प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत अवरुद्ध भएको बताए। ‘नियतवस हामीले लाइन काटेका हैनौं। ढल्केवर प्रसारण लाइनबाट पूर्णरुपमा विस्थापन गरेर औरही प्रसारणको लागि काम गरिरहेका छौं’, प्रमुख झाले भने, ‘हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौं।’
विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले दाबी गरे।