सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्।

उनले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

आज बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले विश्वासको मतको प्रस्ताव पेश नै नगरेर राजीनामा दिएका हुन्। उनी गत वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

सोडारी एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। केन्द्रमा गठबन्धन फेरिएसँगै गत असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।

प्रकाशित मिति: : 2024-08-02 17:56:00

प्रतिकृया दिनुहोस्