बिएल संवाददाता
सुदर्शन थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘रावायण’को टिजर सार्वजनिक भएको छ।
शुक्रबार काडमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’को टिजर सार्वजनिक गरिएको हो।
फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाललगायतको अभिनय रहेको छ। सार्वजनिक टिजरमा पल शाहको एक्सनलाई प्राथमिकताकासाथ देखाइएको छ।
टिजर सार्वजनिकपछि सञ्चाकरर्कीहरुसँग कुराकानी गर्दै निर्देशक सुदर्शन थापाले रोमान्टिक फिल्म मात्र निर्माण गरिरहेको भएकाले रावायण आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए।
फिल्ममार्फत आफूले आफैँलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको उनले भने, ‘रावायण मेरो लागि पनि छुट्टै चुनौतीपूर्ण छ। तपाईंहरुले मैले बनाएको रोमान्टिक फिल्म हेरिरहनुभएको छ, यसमा मैले आफुले आफैँलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको छु। चलिआएको फिल्मभन्दा अलि फरक गर्ने कोशिस गरेका छौँ। यो फरक चलचित्र दर्शकले मन पराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु।’

त्यस्तै पूजा शर्माले आफ्नो टिमले मेहनतका साथ फिल्म बनाएको भन्दै दर्शकले फिल्म मन पराएर साथ दिनेछन् भन्ने आशा राखेको बताइन्। उनले भनिन्, ‘आज हाम्रो टिमले गरेको मेहेनत टिजरबाट पनि देखिएको छ। फिल्मलाई मन पराएर साथ दिनुहुन्छ भन्ने आशा पनि छ। अब रोएर फिल्म चलाइँदैन। पल शाह छन्, मसँग छ पूरै टिम छ।’
उनलाई योभन्दा पहिला हलमा रोएर फिल्म हिट बनाएको भन्ने आरोप लागेको थियो। शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको चलचित्र भदौ २१ गते रिलिज हुनेछ।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया