विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष आयोजित गरिन्छ।
संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवसमा नारा ‘स्तनपानः दीगो विकासको महत्वपूर्ण उपाय’ रहेको हुन्छ।
आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो। स्तनपान शिशु जन्मिनी बितिकै अर्थात आदि घण्टामा स्तनपान गर्न लागउनु पर्छ। शिशु जन्मिएर आमाको छातीमा राख्ने साथसाथै स्तनपान गर्नु त्यसलाई पुर्ण स्तनपान भनिन्छ।
छ महिनासम्मै शिशुलाई स्तनपान मात्रै गराउनु पर्छ। त्यसपछि शिशुलाई स्तनपानको साथसाथै पोष्टिक खानेकुरा ध्यान दिनु पर्छ। किनभने ती स्तनपानले मात्रै बच्चाहरुलाई त्यसपछिको विकासलाई पुगिएको हुँदैन।
स्तानपानको महत्व
जन्मिएपछि आमाबाट आएको बिगौतीमा प्रशस्त हुन्छ। ती बिगौतीले भिटमिन र बच्चालाई पहिलो खोपको काम पनि गर्छ।संक्रमण रोग लाग्नबाट बाँच्ने शरीरीर मानसिक वुद्धि बिकास गर्छ। बिगौतीबाट कुपोषण, निमोनिया, क्यान्सर रोग झाडापाखाबाट बचाउँछ।
स्तनपानले आमालाई के के फाइदा हुन्छ ?
आमा र बच्चा सँगै टाँसिएर राख्नु पर्छ। किनभने टाँसिएर राख्दा उनीहरुको सम्बन्ध राम्रो हुँदै आउँछ। सुत्केरीको समयमा बच्चाले पुर्ण स्थानपान गराउँदा आमालाई पनि विभिन्न रोगबाट बाँच्न सकिन्छ, अर्थात फाइदा गराउँछ।
महिनावारी, मानासिक तनाब कम हुने पाठेघर डिवासयको क्यान्सर स्तान क्यान्सर कम हुन्छ। बच्चाका साथसाथै आमालाई फाइदा हुन्छ। परिवार सामाज र राष्ट्रलाई पनि फाइदा हुन्छ।
कति घण्टामा दुध खुवानी ?
सकेसम्म बच्चालाई दुई घण्टाको अन्तरलमा दुध खुवाउनु पर्छ। यादि बच्चा तीन चार घण्टासम्म निदायो भने उठे्र खुवाउनु पदैन। सुत्न दिनुपर्छ। कम्तीका आमाले बच्चालाई पन्ध्र मिनेटसम्मा दुध चुस्न दिर्नु पर्छ। बच्चालाई तीन घण्टा केही दिनु पदैन।
बहिरीको दूधले के हुन्छ बेफाइदा
बच्चालाई बहिरी अर्थात पाउडर दुध दिनु हुँदैन। आमाहरुले बच्चालाई दुध खाइरहेको छ, तर दुध पुगेन भनेर पाउडरको दुध दिन्छ। त्यसो गर्नेले पहिलादिएको आमाको दुध घट्दै जान्छ। आमा पनि भुलिएर बहिरी दुध दिन थाल्छ। पाउडर दुधको कारणले आमाको दुध चुस्न मान्दैन। चुस्न नमानेपछि आमाको दुध कम हुँदै जान्छ। बहिरी दुधको धेरै बेफाइदाहरु छन्। इन्फेक्सन, नपज्ने, संक्रमाण जस्ता हुने गर्छ।
दुध आउन आमाले के खाने?
आमाले सुत्केरी नहुदा तीन पटक खाना खान्छ भने सुत्केरीमा पाँच त्यसको दुई गुण पोसिलो खानेकुरा खानु पर्छ। आराम पनि उस्तै गर्नुपर्छ। फलफुल झोलयुक्ता माछा मासु खानेकुरा खानुपर्छ।
(डा. कल्पना प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ हुन् । उनी हाल काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा कार्यरत छिन । विएल कर्मी मिनु गोलेसँग कुराकानीको आधारमा )