बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो।

मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-31 11:20:00

प्रतिकृया दिनुहोस्