बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत पाएका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले पेस गरेकाे विश्वासको मतसम्बन्धी प्रस्तावकाे पक्षमा ६४ मत प्राप्त भएको हो।
११० सांसद रहेकाे प्रदेशसभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले उनलाई प्रस्तावको पक्षमा मत दिएका छन्।
बैठकमा उपस्थित कूल १०३ सांसदमध्ये उनको विपक्षमा ३५ मत परेको छ भने ३ जना तटस्थमा बसे। ७ सांसद बैठकमा अनुपस्थित भएका थिए।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ। मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन्।