सहकारी संसदीय छानबिन समितिले सहकारी बचत रकम दुरुपयोग गरी विदेश भागेका १८ जनालाई तत्काल स्वदेश ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको सोमबार सिंहदरबारमा बसेको २३औँ बैठकले सहकारीकाे बचत रकम दुरुपयोग गर्ने जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन दिएको हो।
साथै बैठकले सोधपुछ गरिने सूचीका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिने निर्णय गरेकाे छ।
आज छानबिन समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेका थियाे।
यी हुन् विदेशबाट ल्याउनुपर्ने व्यक्तिहरू
१. जीबी राई -सूर्य दर्शन सहकारी, पोखरा
२. भरत महर्जन - सुमेरू सहकारी, ललितपुर
३. राजमाया महर्जन - काठमाडौँ
४. सचिन महर्जन - काठमाडौँ
५. सरला महर्जन - ललितपुर
६. ज्ञानबहादुर बम्जन- सूर्यदर्शन सहकारी, पोखरा
७. भुपेन्द्र राई-सूर्यदर्शन सहकारी, पोखरा
८. तेजबहादुर बम्जन-शिव शिखर सहकारी
९. देवकुमार नेपाली- इमेज वचत, पोखरा
१०.छेदा नेपाली - इमेज वचत सहकारी, बागलुङ
११.तस्बिरन खातुन- सानोपाइला सहकारी, वीरगञ्ज
१२. असरफ अलि - सानो पाइला सहकारी, वीरगञ्ज
१३.सुवास केसी- सहारा सहकारी, चितवन
१४. दीपक पौडेल- इमेज सहकारी, बागलुङ
१५. लीलानाथ गौतम-शिव शिखर सहकारी, भक्तपुर
१६. महाशंकर रेग्मी-मेघा ड्रिम सहकारी, काठमाडौँ
१७. थानबहादुर बुढामगर- सूर्यदर्शन सहकारी, पोखरा
१८. प्रेमध्वज लामा- कान्तिपुर कोअपरेटिभ, काठमाडौँ
गृहमन्त्री लेखकले सहकारीकाे रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरुलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने प्रतिबद्धता जनाएका छन्।
उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, वचतकर्ताहरको वचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्ने नराख्ने बताए।