बढ्यो सुनको मूल्य, ताेलामा कति?

नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले बढेको हो।

आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-29 10:54:00

प्रतिकृया दिनुहोस्