पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ। सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा परेको हो।
बस सडकबाट छोटो दुरीमा झरेको छ। बसमा विद्यार्थी र विद्यालयका कर्मचारी गरी २४ जना सवार रहेको घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले जानकारी दिए।
तर थप पुष्टि हुन भने बाँकी छ। दुर्घटनामा परेकाहरूको उद्धार गरिएको छ।