रास्वपा सांसदकाे प्रश्न- डिआइजी मनोज केसीलाई के उदेश्यका लागि सरुवा गरियो? (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन्।

‘विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो? दुई दिनभित्रमा किन र के कारण, के उदेश्यका लागि सरुवा गरिएको हो। यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ’, उनले भने।

साथै उनले यो गठबन्धन कुन उदेश्यले बनेको हो भनेर समेत प्रश्न तेर्स्याएका छन्।

उनले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेराभित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताए। उनले मानव बेचबिखन र हातहतियारसम्बन्धी मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाए। 

प्रकाशित मिति: : 2024-07-28 14:18:00

प्रतिकृया दिनुहोस्