उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा लेदो सहितको पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्।
शनिबार रातिको पहिरोमा कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, सुलाल गुरूङ र रमेश परियार बेपत्ता भएका हुन्। पहिराेमा पर्ने पाँच जामध्ये तीन जना एउटै परिवारकाे रहेकाे बताइएकाे छ।
उक्त पहिरोले जीतबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पुरेको गाउँपालिका उपाध्यक्ष सुनीला गुरूङले बताइन्।
उनका अनुसार घटनास्थलबाट अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।
उद्धार गरिएका सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई भने थप उपचार लागि काठमाडौं ल्याइने भएको छ।