गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजासम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ। शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन्।

सहभागीहरुले देशको आवश्यकता गाँजा वैधानिकता, गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो, बाकसमा फर्किने कि जडिबुटी रोप्ने? गाँजा सबको साझालगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए।

उनीहरूले साउन २१ गते हुने सुनुवाइमार्फत नै फैसला दिनुपर्ने माग राखी दर्शनको आयोजना गरेका हुन्। सहभागीका अनुसार प्रदर्शन २१ गतेसम्म चल्नेछ।

प्रकाशित मिति: : 2024-07-27 14:55:00

प्रतिकृया दिनुहोस्