टीआरसी विधेयक विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यदलको निर्णय

Break n Links
Break n Links

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ।

शुक्रबार सिंहदरबारमा बसेकाे कार्यदलको बैठकमा सरोकारवालासँग छलफल गर्ने निर्णय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले  जानकारी दिए।

बर्तौलाले सरोकारवालासँग केही राय लिएपछि सोमबार फेरि बैठक बस्ने बताए। यो विषय सत्ता या प्रतिपक्षको नभएको बताउँदै उनले यो सबैको साझा विषय भएको बताए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषय सहमति नजिक पुगेको बर्तौलाले बताएका छन्।

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ। 

प्रकाशित मिति: : 2024-07-26 12:34:00

प्रतिकृया दिनुहोस्