कीर्तिपुर नगरपालिकाका मेयरको निधन

Break n Links
Break n Links

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।

उनको वीर अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ।

उनकाे पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले बताए।

नकर्मी नेपाली काँग्रेसकाे तर्फबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2024-07-26 08:40:00

प्रतिकृया दिनुहोस्