योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

Break n Links
Break n Links

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए।

त्यसैगरी सदस्यहरुमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा) , प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल  अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त भएका छन्।

प्रकाशित मिति: : 2024-07-25 17:44:00

प्रतिकृया दिनुहोस्