नेपालकाे पहिलाे महिला मुख्यसचिव बनिन् गड्तौला

Break n Links
Break n Links

सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेकाे छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। यससँगै उनी नेपालकाे पहिलाे महिला मुख्यसचिव बनेकी छन्।

त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको असार ३१ गतेको मन्त्रिपरिषद बैठकले निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछन्। उनी उमेरहदका कारण अवकाश लिँदैछिन्।

यसैगरी सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको मन्त्री गुरुङले बताए।

उनका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. शिवराज अधिकारी पाल्पा, सदस्यहरूमा डा .आरती विसार महोतरी, डा. रमेश प्रसाद सिंह धनुषा, डा.प्रकाश कुमार श्रेष्ठ अर्घाखाँची, श्रीमती गिता कुमारी पौडेल अधिकारी झापा, डा.जय बहादुर टण्डन अर्घाखाँची, गंगादत्त अवस्थी दार्चुलालाई नियुक्त गर्ने निर्णय गरेको टछ।

प्रकाशित मिति: : 2024-07-25 17:09:00

प्रतिकृया दिनुहोस्