भुटानी शरणार्थी प्रकरण: बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍याे अस्वीकार

File Photo
File Photo

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो।

थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए। सो रिट असार ३१ गते न्यायाधीश विनोद शर्मा र गत साउन ६ गते ढुंगानाकै इजलासमा पेशी परेको थियो। तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो। उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ। 

प्रकाशित मिति: : 2024-07-25 16:11:00

प्रतिकृया दिनुहोस्