तस्बिरमा कमला

Break n Links
Break n Links

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो राष्ट्रपति चुनावमा भाग नलिने घोषणा गरेपछि वर्तमान उप-राष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार हुने लगभग पक्का छ।

२० अक्टुबर १९६४को दिन ओकल्याण्ड, क्यालिफोर्नियामा जन्मेकी कमलाका पिता डोनाल्ड जे ह्यारिस र भारतीय मूलकी आमा श्यामला गोपालन ह्यारिस हुन्। भने, पति डगलस इमहोप हुन्।

रोयटर्सले सङ्कलन गरेको उनै उप-राष्ट्रपति कमलाका विभिन्न तस्बिरहरु यहाँ प्रस्तुत छ:


स्तन क्यान्सर चिकित्सक आमाका साथ

स्ट्यानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर पितासँग (१९६५)

हार्डवर्ड विश्वविद्यालयमा अध्ययन गर्दा (१९८१) एक कार्यक्रममा सहभागी हुँदा (दायाँ)

क्यालिफोर्नियाको महान्याधिवक्ता हुँदा (२०११)मा एक कार्यक्रमलाई सम्बोधन गर्दै, लस एन्जलसमा

चार्लोट, नर्थ केरोलिनामा एक कार्यक्रमलाई सम्बोधन गर्दै (२०१२)

अघिल्लो चुनावको तयारीको क्रममा आफ्ना समर्थकहरुसँग, पोर्ट्समाउथ, न्यु हेम्पसायरमा (२०१९)

टेक्सास साउथर्न युनिभर्सिटी अफ हिउस्टनका विद्यार्थीहरुसँग (२०१९)

प्रतिघन्टा न्युनतम ज्याला १५ डलर हुनुपर्ने मागसहित हड्तालमा उत्रिएका म्याकडोनाल्डका मजदुरहरुसँग ऐक्यबद्धता गर्दै लस भेगासमा (२०१९)

ब्रेकले, क्यालिफोर्नियास्थित आमाको कार्यालयमा

विलमिङ्ग, डेलाबरस्थित एक कार्यक्रममा (२०२१)

अबेरी, क्यालिफोर्नियामा भएको आगलागीको निरीक्षण गर्दै, साथ्मा तत्कालीन क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसोम (२०२०)

अमेरिकी संसद (क्यापिटल हिल)मा राष्ट्रपति बाइडेनसँग रमाइलो गर्दै (२०२१)

पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग ह्वाइट हाउसको एक कार्यक्रममा (२०२३)

वासिंगटनको एक कार्यक्रममा आफ्ना पतिसँग (२०२१)

वेस्ट हेभन, कनेक्टिकटस्थित एक स्कुलकी बालिकाको गुनासो सुन्दै (२०२१)

पेरिस ओलम्पिकमा सहभागी हुने अमेरिकी बास्केटबल टोलीसँग, लस भेगासमा (२०२४)

वर्तमान राष्ट्रपति बाइडेनले चुनाव मा भाग नलिने घोषणा गरेपछि पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुँदै, ह्वाइट हाउसमा (२०२४)

प्रकाशित मिति: : 2024-07-25 09:44:00

प्रतिकृया दिनुहोस्