घट्याे नेप्से, १६ अर्ब नाघ्यो कारोबार

साताको अन्तिम कारोवार दिन आज (बुधबार) नेप्से घटेको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७.३२ अंकले घटेर बन्द भएको हो।

आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ। कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ। साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

आज नेप्सेमा कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। समग्र बजार घट्दा पनि तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ।

चिरख्वा हाइड्रोपावरका ७.७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५.९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.७ प्रतिशत घटेको छ।

प्रकाशित मिति: : 2024-07-24 17:19:00

प्रतिकृया दिनुहोस्