निर्वाचन आयुक्त नियुक्ति विवाद: मानव अधिकार आयोगको ध्यानाकर्षण

विवादित व्यक्तिलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न लागिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त गर्न थालिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले भनेको छ, ‘लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरुलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ।’

सरकारले विवादित व्यक्ति कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको छ। प्रधानमाथि यौन शोषण गरेको आरोप छ।

बुधबार उनको संसदीय सुनुवाइ हुँदैछ। संसदीय सुनाइ समितिमा भइरहेको सुनुवाइमा पत्रकारलाईसमेत सहभागी हुनबाट बञ्चित गरिएको छ।

जसको चौतर्फी विरोध भइरहेको छ। विरोधकै बिचमा मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।

प्रकाशित मिति: : 2024-07-24 15:59:00

प्रतिकृया दिनुहोस्