प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालियो

File Photo
File Photo

प्रस्तावित निर्वाचन आयाेकका आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालिएको छ।

बुधबार संसदीय सुनुवाइ समितिमा भएकाे सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालिएकाे हाे।

यौन दुर्व्यवहारको आरोप लागेका प्रधानको अहिले सुनुवाइ जारी रहेको छ।

संसदीय सुनुवाइको इतिहासमा नै पहिलो पटक पदाधिकारीको सुनुवाइको क्रममा पत्रकारलाई बैठकबाट बाहिर निकालिएको हाे।

प्रधानलाई गत असार २ गते संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2024-07-24 14:42:00

प्रतिकृया दिनुहोस्