जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन विमानस्थल सुचारु

साैर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।

बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो। उद्दारकाे काम सकिएपछि पुन: सुचारू भएकाे हाे।

विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो।

बुधबार बिहान मर्मतका लागि काठमाडौँबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो।

विमानमा सवार सौर्य एयरलाइन्सका चालक दलका सदस्यसहित १८ कर्मचारीको मृत्यु भएको छ भने पाइलटको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-24 14:11:00

प्रतिकृया दिनुहोस्