लुम्बिनीकाे मन्त्री बनेका बादशाह काे हुन्?

Break n Links
Break n Links

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा बनेको सरकारमा बाँकेबाट वादशाह कुर्मी मन्त्री भएका छन्।

नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ समीकरणबाट सोमबार लुम्बिनी प्रदेश सकार बनेको हो।

वि.सं.२०१५ साल असोज १५ गते (साविक) परस्पुर गाविसमा जन्मेका कुर्मीले आर्दशनगरमा कक्षा ५ सम्म प्राथमिक विद्यालय शिक्षा लिएका थिए।

नेपालगञ्जस्थित मंगलप्रसाद माध्यामिक विद्यालयबाट कक्षा ६ देखि ९ सम्म पढेका कुर्मीले सिमावर्ती भारतबाट रुपैडियास्थित रामजानकी कलेजबाट एसएलसी र इण्टरमिडियट पास गरेका छन्।

कुर्मीको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहमा आसपासमा सुरु भएकाे थियाे। वि.सं. २०४३ सालताका पञ्चायतविरुद्ध काँग्रेसका तर्फबाट कुर्मी पहिलो चुनावमा प्रत्यासी थिए।

निरन्तर राजनीतिमा लागेका कुर्मी २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर राजनीतिक मैदानमा उत्रिएका थिए।

कुर्मी २०४९ र २०५४ सालमा दुई पटक काँग्रेसको तर्फबाट साविक परस्पुर गाविसको अध्यक्षमा चुनिएका थिए। उनी २०६२/०६३ मा काँग्रेस बाँकेको कार्यवाहक सभापति भएर पार्टी राजनीतिमा निरन्तर सक्रिय भए।

काँग्रेसको ६ पटक महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भइसकेका कुर्मी १४औँ महाधिवेशनमा काँग्रेस बाँकेको सभापति पदको प्रत्यासी थिए।

वि.सं. २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा संघीय संसदको उम्मेदवार भएका कुर्मी बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।

२०६४ साल र २०७० सालको संविधन सभामा दुई पटक समानुपातिक सभासद भए। २०७९ सालमा बाँके प्रदेशसभा-३ (२) क्षेत्रबाट निर्वाचित कुर्मी लुम्बिनी प्रदेश सरकामा यतिबेला मन्त्री नियुक्त भएका छन्।

प्रकाशित मिति: : 2024-07-24 11:04:00

प्रतिकृया दिनुहोस्