फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन

राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा आज निधन भएको छ।

धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्‍याइएका खड्काको उपचारका क्रममा निधन भएको हो। उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ।

धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। 

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। 

प्रकाशित मिति: : 2024-07-23 21:38:00

प्रतिकृया दिनुहोस्