बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार लामालाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए। सोहीअनुसार लामाले एमाले र कांग्रेसका ६४ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।