न्यूरोड फुटपाथ विस्तारबारे महानगर र स्थानीयबीच सहमति, अध्ययन गर्न कार्यदल बनाइने

काठमाडौँ महानगरपालिका र स्थानीयबीच न्यूरोडसहितका अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ।

सहमतिअनुसार अध्ययन गर्न कार्यदल बनाइने र कार्यदलले अध्ययन गरेपछि मात्र फुटपाथ विस्तार गर्ने नगर्ने निर्णय गरिने भएको छ।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहेका छन्। काठमाडौँ महानगरका मेयर बालेन शाहसहित बसेको वार्ता टोलीले सहमति गरेको हो।

योसँगै पछिल्ला केही दिनदेखि अशान्त बनेको न्यूरोड क्षेत्र अब शान्त हुने भएको छ। महानगरले न्यूरोड सडक साँघुरो बनाएर फुटपाथ विस्तारको काम अगाडि बढाएपछि वडा जनप्रतिनिधिसहित स्थानीयहरु विरोधमा उत्रिएका थिए।

प्रकाशित मिति: : 2024-07-22 18:35:00

प्रतिकृया दिनुहोस्