कर्णाली सरकारबाट बाहिरियाे माओवादी, ४ मन्त्रीले बुझाए राजीनामा

File Photo
File Photo

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएकाे छ।

साेमबार माओवादीका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएर सरकारबाट बाहिरिएका हुन्।

माओवादीबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दुर्ग रावतले राजीनामा दिएका हुन्।

एमाले संसदीय दलकाे नेता कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ।

केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमतिअनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ।

प्रकाशित मिति: : 2024-07-22 11:26:00

प्रतिकृया दिनुहोस्