संसदमा पूर्वमन्त्री महतोले भने- मैले हिजो ५ हजार घुस दिएर आएको छु, पत्याउनुहुन्छ?

Break n Links
Break n Links

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रकुमार महतोले समयमा काम नबन्दा आफूले घुस दिनुपरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका महतोले यस्ताे बताएका हुन्। 

उनले आफ्नाे छोराको सर्टिफिकेटकाे लागि हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएकाे बताएका हुन्।

‘म भूपू मन्त्री र मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु। कसले पत्याउँछ, पत्याउनुहुन्छ? मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन-त्यो मिलेन भन्छन्, यसाे भएन। हेर्दा सबै कागज मिलेको छ, म आफैँ गएँ, म आफैँ जाँदाखेरी एउटा अधिकृतले के भन्याे भने- यो कागज मिलेको छैन। मेरो चिया खाने टाइम भयो भने। चार बजेसम्म कुरेँ, आएनन्। त्यो बिचौलियालाई लगेर पाँच हजार रुपैयाँ दिएँ, म बसिरहेँ, ५ मिनेटमा काम गराएर ल्याइदियाे’, सांसद महतोले सुनाए।

उनले थपे, ‘अनि हामी सुशासनकाे कुरा गर्छाैँ। भ्रष्टाचार राक्ने कुरा गर्छाैँ। कहाँबाट राेक्ने? तलबाट कि माथिबाट राेक्ने? त्याे कुरामा हामी स्पष्ट हुनुपर्याे नि!’

प्रकाशित मिति: : 2024-07-21 17:53:00

प्रतिकृया दिनुहोस्