लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि राजीनामा दिएका छन्।
आइतबार विश्वासको मतका लागि बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले राजीनामाको घोषणा गरेका हुन्।
नेकपा माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता महराले आइतबार संसदबाट विश्वासको मत लिने कार्यसूची थियाे। तर विश्वासको मत नपाउने निश्चित भएपछि महराले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए।