विभेदविरुद्ध गाइरहन्छु

लोकदोहोरी क्षेत्रका बहुचर्चित गायक हुन्, राजु परियार । उनले १५ हजारभन्दा धेरै लोकगीतमा स्वर दिएका छन् । उनका ‘सुनपानीले छर्क मायालु’, ‘रुमाल धोको छु’, ‘धोका दिनेलाई के भनौँ र खोइ’, ‘फूलमा भमरा’, ‘मिर्मिरेको घाम’, ‘लालुपाते नुह्यो भुइँतिर’लगायत थुप्रै गीत लोकप्रिय छन् । उनै गायक परियारसँग लोकगीत र समाजको सम्बन्धबारे पवन बराइलीले कुराकानी गरेका छन् : 

लमजुङको बेंसीसहरमा जन्मेँ, हुर्कें । गुरुङ समुदायको बाहुल्य भएको मेरो गाउँ सांस्कृतिक रूपमा एकदमै धनी छ । गाउँमा मादल नबजेको दिनै हुँदैनथ्यो । विवाह, ब्रतबन्ध, सत्यनारायणको पूजा, एकादशीहरूमा गाउँमा बजार बस्थ्यो । मेलापातमा खेतालाहरूले मिठो भाका हालेर गीत गाउँथे ।

प्रकाशित मिति: : 2024-07-21 07:50:00

प्रतिकृया दिनुहोस्