परराष्ट्र मन्त्रालयले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्

Break n Links
Break n Links

परराष्ट्र मन्त्रालयले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जनाएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएकाे हाे।

उनीहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको मन्त्रालयले  उल्लेख गरेकाे छ।

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको समेत मन्त्रालयले बताएकाे छ।

यसैगरी मन्त्रालयले आवश्यक परेमा कुनै पनि समयमा ढाकास्थित दूतावासको नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ।

मन्त्रालयले भनेको छ:

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछः

योजना बम्जन, द्वितीय सचिवः +८८०१८८०६९१०१३
रिया क्षेत्रीः +८८०१७४५४०७९५८

प्रकाशित मिति: : 2024-07-19 17:19:00

प्रतिकृया दिनुहोस्