आज सार्वजनिक गर्ने भनिएकाे मौद्रिक नीति किन राेकियाे?

File Photo
File Photo

मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ। पूरै तयारी गरेर आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आएर राेकेकाे हाे।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए। 

प्रकाशित मिति: : 2024-07-19 11:23:00

प्रतिकृया दिनुहोस्