फेसियल प्लास्टिक सर्जरीले कसरी बनाउँछ आकर्षक (भिडियो)

मिनु गोले

काठमाडौं
Break n Links
Break n Links

आकर्षक र सुन्दर बन्ने चाहना सबैकाे हुन्छ। तर, स्वभाविकरुपमा सबैकाे याे चाहना पूरा नहुन पनि सक्छ। त्यसकाे विकल्पमा आधुनिक प्रविधि महत्वपूर्ण हुन्छ।

फेसियल प्लास्टिक सर्जरी एउटा त्यसकाे विकल्प हाे, जसबाट चिकित्सकहरुले मानिसकाे आकर्षक र सुन्दर बन्ने चाहना पूरा गरिदिन्छन्। फेसियल प्लास्टिक सर्जरी याे एउटा त्यस्ताे प्रविधि हाे, जसकाे प्रयाेगबाट अनुहारकाे संरचना परिवर्तन गर्न सकिन्छ। जस्तै: सानो नाक ठुलो बनाउन, ओठलाई सानो वा ठुलो बनाउन, डिम्पल बनाउनलगायत।

त्यतिमात्र नभई याे प्रविधिबाट जन्मजात नाक, आँखामा पलाएकाे मासुकाे सर्जरी गर्न सकिन्छ।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने, आममानिस प्लास्टिक सर्जरी भन्ने बित्तिकै प्लास्टिककाे प्रयाेग भन्ने बुझ्ने गरेकाे पाइन्छ। तर, त्यस्ताे हाेइन।

आउनुहाेस्, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नाक, कान, घाँटी तथा फेसियल प्लास्टिक सर्जरी प्रा.डा. नरमाया थापाबाट फेसियल प्लास्टिक सर्जरी, यसकाे महत्व, प्रयाेग, भ्रम र यथार्थताबारे जानाैं:

प्रकाशित मिति: : 2024-07-20 20:40:00

प्रतिकृया दिनुहोस्