५९.६८ अंकले बढ्यो नेप्से, साढे १५ अर्ब बढीको कारोबार

File Photo
File Photo

साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले बढेको छ।

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो।

३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ।

जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको छ। सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव ६६ अंकले बढेको छ।

बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ। यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रूपैयाँ ३० पैसा बराबरको सेयर  कारोबार भएको छ।

यसअघि बुधबार नेप्से ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो।  

प्रकाशित मिति: : 2024-07-18 15:45:00

प्रतिकृया दिनुहोस्