बिएल संवाददाता
वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै युवतीलाई बिक्री गरेको अभियोगमा मोरङका ५७ वर्षीय कृष्ण भन्ने झयन्द्र कुमार अधिकारी लाई प्रहरीले पक्राउ गरेको छ।
२६ वर्षीय एक पीडित युवतीको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
अधिकारीले दुबईमा मासिक ४० हजार रुपैयाँ तलब प्रलोभन देखाएर दुई लाख रुपैयाँ लिएका थिए।
अधिकारीले दुबईमा रहेका एक व्यक्तिसँग मिलेर कुवेतमा बिक्रि गरेको प्रहरीको भनाइ छ। अधिकारीले दुबईमा रहेका व्यक्तिमार्फत अन्तर्वार्ता गराएर युवतीलाई विश्वासमा पारेका थिए।
सन् २०२२ को ३० मेमा दुबई पुगेकी ती युवतीलाई विमानस्थलबाट अर्का अभियुक्तले आफू बस्ने कोठामा लगेर घरेलु काममा लगाएको, श्रम शोषण गरेको प्रहरीले जनाएको छ।
ति युवतीमाथि यौन शोषण गरेर जबरजस्ती गर्वपतन गराएको पनि अनुसन्धानमा खुलेको छ।
दुबईमा गर्वपतन गरेपछि उनलाई कम्पनीमा क्लिनरको काम भनेर कुवेत पठाइएको थियो। कुवेतमा पनि उनीमाथि यौन र श्रम शोषण भएको थियो।
पीडित युवतीलाई आफूलाई स्वदेश फिर्ता पठाइदिन अनुरोध गर्दा १५ सय कुवेती दिनार (नेपाली ६ लाख ७५ हजार रुपैयाँ) मागिएको थियो। त्यसपछि उनले आफन्तमार्फत उक्त रकम बुझाइ २०८० मसिंर ८ गते नेपाल फर्किएर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन्।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया