प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदुतको भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदुत थम्पसनले जानकारी दिएका छन्।

उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उनले बताएका छन्।

प्रकाशित मिति: : 2024-07-17 10:50:00

प्रतिकृया दिनुहोस्